लोकसेवाको परीक्षामा यसरी बनाइयो मुर्गा
ADDDDDDDDDDDDDDDDDDDDDD


बेरोजगारी चरम अवस्थामा रहेको योे दुनियामा मानिसहरु जागिर पाउनका लागि के के गर्दैनन् ?
भारतमा त शैक्षिक बेरोजगारीको अवस्था झनै दर्दनाक छ र पिएचडी गरेका मानिस समेत चपरासीको जागिरमा आवेदन गर्न गएका समाचा समेत बेलाबेलामा आउने गर्दछन् ।
कहिले पुलिसमा भर्ति हुनेलाई नांगै पारेर लिखित परीक्षा लिइएका खबर पनि आउँछन् । अहिले फेरि अर्को यस्तै अनौठो घटना बाहिर आएको छ, जहाँ जागिर खाने अभिलाषाका साथ आएका उमेद्धारहरुलाई सबैका सामुन्नेमा मुर्गा बन्नुपरेको छ ।
राजस्थान लोकसेवा आयोगका परीक्षामा पास भएकाहरु लोकसेवा आयोगको कार्यालय अगाडि कुखुराजस्तै बनेका छन् । परीक्षामा पास भएको ६ महिनासम्म पनि नियुक्तिपत्र नदिइएको विरोधमा उनीहरु यसरी मुर्गा बनेर विरोध प्रदर्शन गरेका हुन् । साथै उनीहरुले कार्यालय अघि दिनभर धर्ना पनि दिए ।
यसरी लोकसेवाको कार्यालय अगाडि धेरै युवाहरु मुर्गा बनेको देखेर सुरुमा त देख्नेहरुले मजाक उडाए । परीक्षामा चिट चोरेका वा गलत काम  गरेकाहरुलाई लोकसेवाले सजायँ पो दिएछ की भन्ने लख काटे । तर जब मुर्गा बन्ने युवाहरुको खास समस्या बारेमा थाहा पाए, तब उनीहरु पनि लोकसेवाको विरुद्धमा ऐक्येवद्धता जनाए ।
लोकसेवा आयोगले मोटर भेहिकल उपरीक्षकको लागि लिएको परीक्षामा छनोट भएका १ सय ४८ जना उमेद्धारको अन्तिम सूचि गत सेप्टेम्बर २२ मा सार्वजनिक गरेपनि अहिलेसम्म उनीहरुलार्य नियुक्तिपत्र दिइएको छैन ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस