रिटायर्ड हुलाकीको करामतः महिलाहरु सँगको यौन सम्बन्धबाट जन्माए १३ सय बच्चा
ADDDDDDDDDDDDDDDDDDDDDD
८७ वर्षका एक अमेरिकी पुरुषले हलचल पैदा गरिदिएका छन् । हुलाकीको जागिरबाट अवकाश लिएका ती वृद्ध एक दुइ होइन, १३ सय बच्चाका अवैध बाउ रहेको खुलासा भएको छ ।
अमेरिकाको टेनिसी राज्यको नेसभिलेमा बस्ने ती वृद्ध अहिले आफै गम्भीर रोगबाट थलिएका छन् । जवानीको जोसमा आफुले निकै धेरै महिलासँग यौन सम्बन्ध कायम गरेको उनले अन्ततः स्विकारेका पनि छन् । तर आफुसँगको सम्भोगबाट कति महिलाले कति बच्चा जन्माए भन्ने गणना आफुसँग नभएको उनको प्रष्टोक्ति छ ।
७८।८० को दशकमा मानिसहरु यौन सम्बन्धका बेला गर्भनिरोधक साधनको प्रयोग गर्ने भन्ने थिएन । त्यसैले हुनसक्छ ती ह्याण्डसम तथा धूर्त हुलाकीको जालमा परेर धेरै महिलाहरु यौनसम्पर्क कायम गरी गर्भवती भए ।
उनी जवानीका दिनमा निकै ह्याण्डसम तथा आकर्षक थिए । आफुप्रति जो कोही केटीहरु भुतुक्कै हुने गरेको र कतिजना केटीसँग यौन सम्पर्क कायम गरेँ भन्ने कुरा आफैलाई हेक्का नभएको उनी बताउँछन् ।
तर पाप धुरीबाट कराउँछ भन्ने उखानले अन्ततः प्रमाणित हुने मौका पायो । उनको यो कर्तूतको पर्दाफास भयो । यी पूर्व हुलाकीको त्यो कर्तूत तब पर्दाफास भयो जब न्युयोर्कका एक पुरुषले आफ्नो बुवाको खोजी गर्न सुरु गरे ।
उनले यो मामिलामा प्राइभेट जासूस तथा जाँचकर्ता सिड रोयको सहयोग लिए । त्यसपछि ती यौन पिपाशु हुलाकीको पोल खुल्यो । जासूसलाई यो तथ्य पत्ता लगाउन पूरै १५ वर्ष लागेको छ ।
ती हुलाकीको क्षेत्रमा जन्मिएका र अहिलेसम्म पनि बाउको पत्तो नभएका अवैध सन्तानहरुको डिएनए को नमूना ती वृद्धको नमूनासँग परीक्षण गराउँदा मेल खाएको छ । ती वृद्धको डिएनएसँग मेल मेल खानेहरुको संख्या १३ सय पुगिसकेको र यो संख्या अझै बढि हुनसक्ने अनुमान गरिएको छ ।
ADDDDDDDDD

