प्रियंकाको हट फोटोसुट
ADDDDDDDDDDDDDDDDDDDDDD
अहिले चर्चाको महारानी बनेकी छिन्— प्रियंका चोपडा । बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरिसकेकी प्रियंका हरेक साता कुनै न कुनै क्रियाकलापका कारण समाचारको शीर्षक बन्छिन् । यसपटक भने उनी हट फोटोसुटका कारण चर्चामा आइन् ।
चर्चित मेन्स म्यागजिन ‘एस्क्वायर’ का लागि प्रियंकाले कामुक फोटोसुट गराएकी छिन् । फोटोसेसनका केही तस्बिर सार्वजनिक भएपछि उनले हट एन्ड बोल्ड पोज दिएको पुष्टि भएको हो । स्वीमिङ पुलमा बिकिनीमा देखिएकी चोपडाले पर्दामा कामुक हाउभाउका साथ तस्बिर खिचाएकी छिन् ।
म्यागजिनसँगको कुराकानीमा भने उनले आफ्नो जीवन र चलचित्र यात्राका बारेमा विस्तृत कुराकानी गरेकी छिन् । बुबाले आफूलाई सानोमा बाँदर भन्ने गरेको कुरा पनि प्रियंकाले सेयर गरेकी छिन् । सानो उमेरमा आफ्नो व्यवहार केटाको जस्तो भएको बताउँदै प्रियंकाले भनेकी छिन्– ‘म जुन सामान चलाउँथें, त्यो सामान फुटेकै हुन्थ्यो ।’ प्रियंकालाई उनका बुबाले कहिल्यै कोही जस्तो नहुनू, आफ्नो पृथक पहिचान बनाउनू भनेको कुरा बारम्बार सम्झना आइरहन्छ ।
ADDDDDDDDD

