फिफा बरियातामा नेपाल ६ स्थान सुधार, अर्जेन्टिना शीर्षमा
ADDDDDDDDDDDDDDDDDDDDDD
विश्व फुटवल महासंघ फिफाको बरियातामा नेपालले ६ स्थान सुधार गरेको छ । नेपाल फिफा बरियाताको १७९औं स्थानमा उक्लिएको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको बरियातामा नेपाल दक्षिण एशियामा पाँचौं स्थानमा छ । नेपालभन्दा अगाडि अफगानिस्तान १४७औं, माल्दिभ्स १५८औं, भारत १६२औं र बंगलादेश १७७औं स्थानमा छ ।
त्यस्तै नेपालभन्दा पछाडि भुटान १८६औं, श्रीलंका १८७औं र पाकिस्तान १९०औं स्थानमा छ । खेलप्रदर्शनका आधारमा फिफाले हरेक महिना बरियाता सार्वजनिक गर्ने गर्छ ।
नयाँ फिफा बरियताको शीर्ष स्थानमा अर्जेन्टिनाले पुनरागमन गरेको छ । अर्जेन्टिना बेल्जियमलाई पछि पार्दै विश्व बरियताको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गत गत साता दुई महत्वपूर्ण जित हाँसिल गरेको थियो ।
फिफा बरियतामा चिली अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ । चिलीले २ स्थान सुधार गर्दै बरियताको तेस्रो स्थानमा पुगेको हो । एक स्थान खस्केको बेल्जियम बरियाताको दोस्रो स्थानमा छ । यता चार स्थान सुधार गरेको कोलम्बिया बरियाताको चौथो स्थानमा छ ।
त्यस्तै विश्व बरियाताको पाँचौं स्थानमा विश्वविजेता जर्मनी र छैटौं स्थानमा युरो विजेता स्पेन छन् । जर्मनी १ र स्पेन ३ स्थान तल झरेको हो ।
त्यस्तै सातौं स्थानमा ब्राजिल, आठौं स्थानमा पोर्चुगल, नोवौं स्थानमा उरुग्वे र दशौं स्थानमा इंग्लयाण्ड छन् ।
ADDDDDDDDD

