बम भनेर सहरमा हल्ली खल्ली, तर रहेछ सेक्स टोय
ADDDDDDDDDDDDDDDDDDDDDD
युरोपमा आतंकवादी आक्रमणको पारो तातिरहेका बेला हालै जर्मनीको एक सहरमा पनि बम राखिएको आशंकामा ठूलै हलचल पैदा भयो ।
शौचालयभित्र टाइम बम राखिएको हुनसक्ने सूचनाका आधारमा सुरक्षाकर्मी आएर पूरै ठाउँ खाली गराएर चेकजाँच गर्दा भने घटनाले निकै रोचक मोड लियो ।
जर्मनीको हेल्बस्टर्ड सहरस्थित अम्यूजमेन्ट पार्कमा रहेको पुरुष शौचालयबाट टिक टिक आवाज आएपछि त्यहाँ कार्यरत महिला कर्मचारीको सातो उड्यो ।
कोही आतंकवादीले शौचालयभित्र टाइम बम छाडेर गएको आशंका उने गरिन् अनि तत्कालै पुसिलाई फोन गरिन् । पूरै सहरभर बमको विषयमा अलर्ट जारी गरियो र बम डिस्पोजलको प्रक्रिया सुरु गरियो ।
बम डिस्पोजल टोली तत्कालै आएर टिक टिक आवाज आइरहेको शौचालय भएको भवनलाई खाली गरायो । तर झण्डै तिन घण्टाको हाइ प्रोफाइल सुरक्षा अपरेशनपछि भने सुरक्षाकर्मीले टिक टिक आवाज आएको बम भनिएको ठाउँमा अनौठो वस्तु फेला पर्यो ।
आवाज निकालिरहेको त्यो वस्तु कुनै बम नभएर प्रयोग गरी फ्याँकिएको सेक्स टोय अर्थात् यौन खेलौना पो रहेछ ।
हेल्बस्टर्ड सहरका पुलिस प्रवक्ताका अनुसार दिउसो ४ बजे एक महिलाले फोन गरेसँगै प्रहरीको बम डिस्पोजल टोली त्यहाँ गएको थियो । साँझ ६ बजेतिर पूरै भवन खाली गराएर बमको खोजिमा लागेको थियो । तर त्यस क्रममा कुनैपनि बम भेटिएन ।
शौचालय परिसरमा राखिएको फोहोर फ्याँक्ने भाँडोमा ब्याट्रीबाट चल्ने एक सेक्स टोय भेटियो । यो सेक्स टोयमा ब्याट्री हालिएकै अवस्थामा रहेको र यो भाँडोभित्र राखिएको हुँदा त्यसले जोड जोडसँग आवाज निकालिरहेको उनको भनाई छ ।
त्यो सार्वजनिक पार्कको शौचालयमा कसरी सेक्स टोय फ्याँक्यो भन्ने खुलेको छैन । सार्वजनिक ठाउँमा सेक्स टोय फ्याँकेर सबैलाई आतंकित पार्ने मान्छेको खोजी भैरहेको बताइएको छ ।
ADDDDDDDDD

