करिनाले गरिन् प्रियंका प्रशंसा
ADDDDDDDDDDDDDDDDDDDDDD



करिना कपुर र प्रियंका चोपडा ‘एतराज’ मा देखिएपछि अहिलेसम्म त्यो क्रम दोहोरिन पाएको छैन । त्यसमा भिलेनका रूपमा देखिएकी प्रियंकाले फिल्मको सफलताको सारा श्रेय पाइन् र नायिका बनेकी करिना दोस्रो नम्बरमा दरिइन् । यो कुरो करिनालाई पाच्य भएन । उनले आफूलाई प्रियंकाभन्दा अब्बल देखाउन जिब्रो चलाउन थालिन् । आफ्नै प्रयासले माथिमाथि चढ्दै गएकी प्रियंका के कम, उनी पनि करिनाको मामिलामा खरो सुनिँदै गइन् । दुवै अभिनेत्रीबीच पानी बाराबारको स्थिति उत्पन्न भयो । एकअर्काको कुरा कोट्टिनासाथ मनलागी बोल्नेसमेत भए दुवै । उनीहरूको सम्बन्ध चिसिएको बारे दुनियाँ बेखबर रहेन ।

तर, समय सधैं एकनासको रहँदैन । करिनाले हालै यसैको छनक दिएकी छन् । उनले हलिउडमा नाम कमाउँदै गएकी प्रियंकाको प्रशंसा गरेकी छन् । ‘प्रियंकाले हलिउडमा जे गरिरहेकी छन्, मेरो विचारमा त्यो गजब छ,’ उनले भनेकी छन्, ‘मूलधारको भारतीय फिल्मलाई विश्वको नक्सामा सामेल गराउने उनी एक मात्र अभिनेत्री हुन्, त्यो पनि चानचुने तरिकाले होइन ।’

हलिउडले बलिउडका अभिनेत्रीहरूतिर आँखा लगाइरहेका बेला प्रियंका भने अर्को बाटो हिँड्न रुचाउने रहिछन् । ‘अरूले पश्चिमको बाटो समाए भन्दैमा मैले पनि त्यसै गर्नुपर्छ भन्ने छैन,’ उनले भनेकी छन्, ‘मेरा प्राथमिकताहरू अरू नै छन् ।’ त्यसो भन्दैमा उनले हलिउड फिल्म नहेर्ने भने होइनन् ।



ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस