विपासा–करणको विवाह अर्को महिना
ADDDDDDDDDDDDDDDDDDDDDD
बलिउड हिरोइन विपासा बसुले अर्को महिना विवाह गर्ने भएकी छन् । करिब दुई वर्षदेखि प्रेमसम्बन्धको चर्चा चलेका अभिनेता करणसिंह ग्रोवरसँग उनको विवाह हुन लागेको हो ।
‘अलोन’ फिल्ममा सँगै अभिनय गरेपछि उनीहरुको सम्बन्ध सुरु भएको थियो । बंगाली बाला विपासाको यसअघि डिनो मोरिया र जोन अब्राहमजस्ता हिरोहरुसँगको सम्बन्ध टुटेको थियो । पारिवारका सदस्य र नजिकका साथीहरुको मात्रै उपस्थितिमा अप्रिल २९ मा हुने विवाह बंगाली शैलीको हुने बताइएको छ ।
ADDDDDDDDD

