अनुश्का पुनः प्रेममा
ADDDDDDDDDDDDDDDDDDDDDD
मुम्बई-बलिउड सम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमले केही समययता 'सिंगल लाइफ' बिताइरहेकी अभिनेत्री अनुश्का शर्मा पुनः प्रेममा परेको बताएका छन् । अरू कोहीसँग नभई उनी पूर्वप्रेमी तथा क्रिकेटर विराट कोहलीसँग पुनः प्रेममा परेको समाचारमा जनाइएको छ ।
'केही समयअघि उनीहरूले ब्रेकअप गर्दा किन ब्रेकअप गरे भन्नेबारे विभिन्न अनुमान गरिएको थियो । विराटले बिहेका लागि हतारो गरेपछि अनुश्काले ब्रेकअप गरेको भन्ने चर्चा पनि चलेको थियो । तर, अब दुवै पुनः एकअर्कासँग नजिकिएका छन् । उनीहरूको सम्बन्ध पूर्ववत् अवस्थामा फर्किएको छ,' एउटा समाचारमा भनिएको छ ।
पछिल्लोपटक भारतले पाकिस्तानमाथि क्रिकेटमा विजय हासिल गरेपछि सो खेलका खेलाडी विराटलाई अनुश्काले म्यासेज गरेर बधाइ दिएकी थिइन् । त्यसपछि उनीहरूले सम्बन्धलाई पूर्ववत् अवस्थामा ल्याउने निधो गरेको समाचारमा जनाइएको छ ।
ADDDDDDDDD

