१२ हजार फिट माथिबाट खस्यो विमान, दुई पाइलटको मृत्यु
ADDDDDDDDDDDDDDDDDDDDDD

सान्सी (चीन)— पाइलटलाई तालिम दिने एउटा विमान दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। करिब १२ हजार फिटमाथि उडिरहेको सो जहाज खस्दा प्रशिक्षक पाइलट तथा तालिमे पाइलटको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
दुर्घटना चीनको सान्सी प्रान्तमा बुधबार बिहान भएको हो। दुर्घटना बिहान करिब १०ः३० बजे मानव बस्ती रहेको याञ्जी गाउँमा भएको थियो। जहाज आकासबाट खस्दा पृथ्वीमा रहेका कोही घाइते भएनन्।

मृत्यु हुनेमा प्रशिक्षक पाइलट ३२ वर्षीय र प्रशिक्षार्थी पाइलट २७ वर्षे पुरुष हुन्। जहाज मृत्यु भएका प्रशिक्षक पाइलटको स्वामित्वमा रहेको सान्सी फोनिक्स इन्टरनेशनल फ्लाइङ कलेजको भएको बताइएको छ। सो जहाज पाइलटलाई तालिम दिन प्रयोग गरिँदै आएको थियो।

प्रत्यक्षदर्शीका अनुसार असन्तुलित भएर सो जहाज पृथ्वीमा खसेको थियो। चीनको स्थानीय सरकारले दुर्घटनाको छानवीन गरिरहेको छ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस