हत्केलामा विचित्र कला (फोटो फिचर सहित)
ADDDDDDDDDDDDDDDDDDDDDD

कलाको कुनै सीमा हुँदैन । कलाकारले सोँच्दै नसोँचेको विषय तथा स्थानमा गज्जबको कलाको सिर्जना गरिदिन्छ ।
एकजना कलाकारले मानिसको हातको हत्केलामा यस्तै खालको विचित्र कला प्रस्तुत गरेका छन् ।
फ्रेन्च  भिजुअल आर्टिस्ट जोर्डन मोलिनाले हत्केलामा प्वाल, स्विमिङ पुल तथा पुतली लगायतका थ्री डाइमेन्सनल चित्रहरु तयार पारेर सबैलाई आश्चर्यमा पारेका छन् । उनले हत्केलामा तयार पारेका थ्री डी चित्र निकै वास्तविक जस्ता लाग्छन् ।
उनले आफुले हत्केलामा त्यस्ता चित्र कसरी तयार पारेको हुँ भन्ने कुरा सविस्तार बताएका भएपनि मानिसहरुलाई पत्याउन गाह्रो पर्छ । उनले साँच्चीकै हत्केलामा माकुरो राखेका हुन् की, हत्केलामा जिपर तयार पारेका हुन् की अनि हत्केलामा डरलाग्दो प्वाल पारेकै हुन् की भन्ने लाग्छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस