ऋत्विकले उजुरी गरेपछि कंगनालाई हाजिर हुन प्रहरीको आदेश
ADDDDDDDDDDDDDDDDDDDDDD


आफ्नो नाममा नक्कली इमेल खोलेको भनेर ऋत्विक रोशनले प्रहरीमा उजुरी गरेपछि अभिनेत्री कंगना रनावत प्रहरीमा हाजिर हुनुपर्ने भएको छ । ‘क्रिस’को सुटिङताका नजिक भएका यी दुईले केही समयअघि देखि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

कंगनाले ऋत्विकलाई आफ्नो ‘पूर्व प्रेमी’का रुपमा संकेत गर्दै उनले खराब हर्कत देखाएको बताएपछि ऋत्विकले त्यो ‘पूर्वप्रेमी’ आफूलाई भनिएको होइन भन्ने प्रष्टीकरण दिन माग गरेका थिए । त्यसलगत्तै उनले कसैले आफ्नो नाममा नक्कली इमेल आइडी खोलेको बताएका थिए ।

अहिले भने उनले कंगना र उनकी दिदी रंगोलीको नाम नै लिएर प्रहरीमा उजुरी दिएका हुन् । यो उजुरीपछि मुम्बई बान्द्रा प्रहरीले कंगनाका दिदी बहिनीलाई नै एक साताभित्र हाजिर हुन आदेश दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस