अब घरमै तयार पार्नुहोस् क्यान्सरबाट बच्ने औषधी !!
ADDDDDDDDDDDDDDDDDDDDDD
एजेन्सी । संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् ।
रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले क्यान्सर रोगबाट बच्न सकिन्छ ।
डा. मेर्मेर्सकीका अनुसार यो औषधीलाई क्यान्सरको उपचारको लागि खाँदै हुनुहुन्छ भने हरेक २ घन्टामा एक–दुई चम्चा सेवन गर्नुहोस् । यो क्यान्सरको उपचारमा एकदमै लाभदायक हुनेछ ।
त्यसैगरी यो औषधी दीर्घायू र स्वस्थ जीवनको लागि पनि सहयोगी हुनेछ । जवान देखिन र तागतका लागि पनि यो उपयोगी हुन्छ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ र मृगौला र कलेजो सफा राख्न पनि यसले सहयोग गर्दछ । यसले शरीरमा रोगको विरुद्ध लड्ने क्षमता पनि बचाउँछ । त्यसका लागि हरेकपटक खाना खानुभन्दा आधा घण्टा अगाडि खानुहोस् या सुत्नुभन्दा आधा घण्ठा पहिला खानुहोस् ।
औषधी तयार बनाउन चाहिने सामग्री :
४०० ग्राम ताजा ओखर
४०० ग्राम क्वाँटी (अंकुरित गेडागुडी एवम् अन्न)
१ किलो प्राकृतिक मह
१२ पोटी ताजा लसुन
१५ वटा ताजा कागती
क्वाँटी तयार पार्ने तरिका :
काँचको भाँडामा केही गेडागुडी राख्नुहोस् र डुब्नेगरी पानी राख्नुहोस् । यसलाई एक रात यत्तिकै छाडिदिनुहोस् र अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस् र त्यसलाई राम्रोसँग पखाल्नुहोस् । उक्त सफा गेडागुडीलाई काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस् । यसपछि टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ ।
लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस् ।
५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस् ।
बाँकी १० वटा कागतीलाई निचोरेर रस उक्त मिश्रणमा राख्नुहोस् र सबै कुरालाई राम्रोसँग मिक्स गर्नुहोस् ।
उक्त मिश्रणलाई महमा काठको चम्चा प्रयोग गर्दै राख्नुहोस् ।
उक्त मिश्रणलाई एउटा काँचको भाँडामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसलाई तीन दिनको लागि फ्रिजमा राखेपछि औषधीको रुपमा सेवन गर्नुहोस् ।
ADDDDDDDDD

