के कन्डम सँग सेक्स गर्दा मजा आएन??बिना कन्डम सुरक्छित साथ सेक्स गर्न र पूर्ण सन्तुस्ट पाउन यसो गर्नुहोस...
ADDDDDDDDDDDDDDDDDDDDDD


तपाईंलाई थाहै होला, परिवार नियोजनका अनेका साधन उपलब्ध छन् । पुरुषले लगाउने कन्डम छ भने महिलाले दैनिक रूपमा खानुपर्ने चक्की, तीन महिनामा एकपटक लगाए पुग्ने डिपो प्रोभेरा अनि लामो समयसम्मका लागि कपर-टी तथा नरप्लान्ट । कुनै परिवार नियोजन सेवा केन्द्रमा चिकित्सक वा स्वास्थ्यकर्मीले नै तपाईंका लागि परिवार नियोजनका साधन उपयुक्त नभएको भनेका हुन् वा तपाईंलाई त्यसै यस्तो लागेको हो, थाहा भएन ।
कतिपय व्यक्ति परिवार नियोजनका यी असरका सम्बन्धमा तथ्य कुरा थाहा नपाई हल्लैहल्लाका भरमा साधन अनुपयुक्त हुन्छन् भन्ने सोचेर यसको प्रयोग गर्दैनन् र यसबाट हुने फाइदाबाट वञ्चित हुन्छन् । यहाँ मलाई एक घटना सम्झना आयो । एक जोडी यसरी नै चिकित्सककहाँ गर्भनिरोधका लागि परामर्श लिन पुगे ।
लामो परामर्शका क्रममा परिवार नियोजनको प्रत्येक साधनमा कुनै खोट निकाल्दै आफूलाई अनुपयुक्त हुने र प्रयोग नगर्ने कुरा बताए । अन्त्यमा चिकित्सकले निकै सोचविचार गरेर भने- 'एउटा सजिलो उपाय छ । बस, एक गिलास दूध पिउनुहोस् तपाईंको गर्भ रहँदैन ।' 'ओहो, यति सजिलो, अघि नै किन नभन्नुभएको ?' जोडीले उत्साहित हुँदै सोधे । 'एक गिलास दूध यौनसम्पर्कभन्दा पहिले पिउने कि पछि ?' चिकित्सकले जवाफ दिए- 'यौन सम्पर्कको सट्टामा' ।
धेरैले परिवार नियोजनका साधनलाई गर्भनिरोधको साधन मात्र मान्छन् । गहिरिएर विचार गर्नुहोस् त, यो यस्तो प्रसाधन हो जसले तपाईलाई गर्भ रहला कि भन्ने चिन्ता नै नगरी चाहेअनुसारको यौनसम्पर्क राख्ने अवसर दिन्छ । अर्कातिर हामी यसको नकारात्मक असरका सम्बन्धमा धेरै कुरा गर्छौं तर गर्भ रहन गएका कारण हुने असर वा जोखिमका बारेमा ध्यान दिँदैनौं । यहाँ तुलना अनिच्छित गर्भ रहेकाले पर्ने असरसँग यी साधनको असरसँग गरिएको हो ।
के योनिरसबाट गर्भ रहने वा नरहने कुरा थाहा पाउन सकिन्छ ?
गर्भ नरहन गरिने विभिन्न प्राकृतिक उपाय मानिसले उपयोग गरिरहेका छन्, जसमध्ये पहिलो त यौनसम्पर्क नै नगर्नु हो । त्यसबाहेक सुरक्षित कालमा मात्र यौनसम्पर्क गर्ने, बाह्य स्खलन गर्ने प्रचलनमा देखिन्छ । गर्भ रहने स्थिति भए वा नभएको थाहा पाउन पाठेघरको मुखको रस वा तापक्रम पनि हेरिन्छ ।
सुरक्षित काल
तपाईंले कति-कति दिनमा महिनावारी हुन्छ भन्ने कुरा नलेख्नुभएकाले तपाईंका लागि सुरक्षित काल (समय) का बारेमा निश्चित रूपमा केही भन्न सकिँदैन । यदि महिनावारी यस्तै २८ देखि ३१ दिनसम्मको छ भने सजिलोका लागि पहिलो १० दिन सुरक्षित, बीचको १० दिन असुरक्षित तथा अन्तिम १० दिनलाई फेरि सुरक्षित मान्दा हुन्छ । यदि महिनावारी ठीक २८ दिनमा नभै ढिलो-चाँडो हुन्छ भने यसलाई गर्भबाट बच्ने उपायका रूपमा अपनाउनुभन्दा पहिले राम्रोसँग सोचविचार गर्नुपर्ने हुन्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुनसक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुनसक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको रहेछ भने, छैटौं दिनदेखि २० औं दिनसम्म यौनसम्पर्क गरे गर्भ रहनसक्छ ।
पाठेघरको मुखको रस पातलो, चिप्लो र तन्किने भए यौनसम्पर्कबाट परहेज गर्नुपर्छ । यस्तो रस नभएमा अर्थात् च्यापच्यापे, बाक्लो वा तन्काउँदा टुक्रने वा कुनै रस नै नभए यौनसम्पर्क गर्न सकिन्छ । पाठेघरको मुखको रस र योनिरसको फरकको कुरामा कति जना अलमलिन सक्छन् । गर्भ रहने वा नरहने कुराका सन्दर्भमा भने पाठेघरको मुखको रसको कुरालाई ध्यानमा राखिन्छ ।
योनिरस कसरी बाक्लो बनाउने ?
योनिरस विशेषतः योनिबाट आउने रसलाई भनिन्छ । यसमा योनिबाट आउने रस मात्र नभै पाठेघरको मुखबाट आउने रस पनि मिसिएको हुन्छ ।
यौन उत्तेजनाका बेलामा योनिको भित्ताबाट रसाएर प्रशस्त रस आउँछ, जसले लिङ्ग प्रवेश र घर्षणलाई सहज तुल्याउँछ । मासिक चक्रका क्रममा योनिरसमा पनि निकै विविधता आउँछ । व्यक्तिअनुसार यसको मात्रा तथा बाक्लो वा पातलोपनमा विविधता हुनसक्छ । त्यसैगरी प्रजनन अङ्गको संक्रमणले पनि योनिरस तथा पाठेघरको मुखको रसमा विविधता ल्याउन सक्छ ।
पक्का त भन्न सकिएन, तर तपाईंले गर्भसँग जोडेर कुरा गर्नुभएकाले पाठेघरको मुखको रसलाई नै बाक्लो बनाउने कुरा सोध्नुभएको हुनसक्छ । तपाईंले पक्कै बुझ्नुभएको हुनुपर्छ- विभिन्न हार्मोनको प्रभावले नै हाम्रो प्रजनन प्रणाली सञ्चालित भैरहेको हुन्छ । यी हार्मोनमध्ये पनि विशेष गरेर प्रोजेस्टेरोन हमर्मोनले पाठेघरको मुखको रसलाई बाक्लो बनाइदिन्छ र गर्भ रहन दिँदैन । तपाईंले यी हार्मोन भएका औषधी बजारमा पाउन सक्नुहुन्छ ।
पक्कै पनि महिनावारी केही दिनका लागि टाढा सार्न औषधी प्रयोग हुने कुरा सुन्नुभएकै होला, तर यी औषधी नै गर्भनिरोध अर्थात् परिवार नियोजनका साधनमा हुन्छन् र सहज एवं सुपथ मूल्यमा पाइन्छन् ।
यौन तथा प्रजनन् स्वास्थ्य बिशेषज्ञ डा. राजेन्द्र भद्राले साप्ताहिकमा दिनु भएको उत्तर हाम्रा पाठकहरुलाई समसामयिक हुने देखेर साभार

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस