Breaking News>>>भर्खरै शक्तिशाली भूकम्प,६. ४ रेक्टर स्केलको भूकम्प, ९ जनाको मृत्यु पाँच जनाको अवस्था गम्भीर र क्षतिको विवरण आउन बाँकी ......
ADDDDDDDDDDDDDDDDDDDDDD

जापानमा शक्तिशाली भूकम्प गएको छ । जापनको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तिमा ९ जनाको ज्यान गएको छ । भूकम्पका कारण धेरै भवन भत्किएका र भग्नावशेषमा मानिस पुरिएको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् । भूकम्पका कारण विद्युत तथा ग्यास आपूति बन्द भएको छ । १६ हजार घरमा बिजुली तथा ३८ हजार भन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिएको छैन । क्युशु आइल्याण्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएको ४० मिनेटपछि ५ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको थियो । केही भागमा ९ रेक्टर स्केलको जतिकै असर परेको जापनका अधिकारीले बताएका छन् । भूकम्पमा परि घाइते भएका ४५ जनालाई उपचारका लागि अस्पताल लगिएको र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । अहिले उद्दार तथा राहतको काम चलिरहेको छ ।

– एजेन्सीको सहयोगमा

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस