नेपाल र नेदरल्याण्डस्बीचको खेल तालिका सार्वजनीक
ADDDDDDDDDDDDDDDDDDDDDD


अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नेदरल्याण्डस्बीचको खेल तालिका सार्वजनीक गरेको छ ।
राजनीतिक हस्तक्षेपका कारण नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको एक दिनपछि आईसीसीले नेपाल र नेदरल्याण्डसबीचको खेल तालिका सार्वजनीक गरेको हो । तालिका अनुसार नेपालले नेदरल्याण्डसकै गृहमैदानमा आगामी साउन २९ र ३१ गते प्रतिस्पर्धा गर्नेछ ।
यसअघिका ६ खेलमध्ये २ मा जित निकाल्दै नेपाल ४ अंकमा तालिकाको पांचौ स्थानमा छ भने १० अंक जोडेको नेदरल्याण्डस समुहको शीर्ष स्थानमा रहेको छ । ८ टोली सहभागी प्रतियागिताको शीर्ष चारमा रहने टोलीले सन् २०१९ मा बिश्वकप क्रिकेटको छनौट खेल खेल्न पाउनेछन् ।
नेपालले बैशाख ४ र ६ गते काठमाडौंमा भएको नामिबिया बिरुद्धका दुवै खेलमा जित निकालेको थियो । स्कटल्याण्ड र पपुवा न्युगिनीसँगका खेल भने नेपालले गुमाएको थियो । नेदरल्याण्डस् बाहेक नेपालले हङ्कङ, केन्या र युएईसँग प्रतिस्पर्धा गर्न बांकी छ ।
हङकङ ९ अंकमा दोस्रो स्थानमा छ । स्कटल्याण्ड र केन्या पनि अंक तालिकामा नेपाल भन्दा माथि छन् भने पपुवा न्युगिनी, नामिबिया र युएई छन् ।
- See more at: http://radiokantipurdiary.ekantipur.com/kantipur-diary/20907/#sthash.vKbUy2BZ.mF7o0oun.dpuf

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस