६० जना यात्रु बोकेको बस दुर्घटनामा २९ जना घाइते, ९ जनाकाे अवस्था गम्भिर
ADDDDDDDDDDDDDDDDDDDDDD
आइतबार बिहानै भोजपुरबाट धरान गइरहेको ना४ख ४५७८ नम्बरको सप्तकोशी यातायातको बस भोजपुर सदरमुकामदेखि ६० किलोमिटर पूर्व हिले–भोजपुर सडकको लेगुवा नजिकैको जरायोटार गाविस–६ को भर्लाबोटेमा दुर्घटनामा भएको हो ।
घुम्तिमा टर्निङ गर्नेक्रममा बस पल्टिएपछि यात्रुहरु घाइते भएको स्थानिय बस व्यावसायी सुरेन्द्र श्रेष्ठले बताए । दुर्घटनामा गम्भिर घाइतेहरुलाई प्रहरी र स्थानिय बासिन्दाले उद्धार गरी उपचारका लागि धरानतर्फ लगेको बताइएको छ ।
गम्भिर घाइतेमध्येका प्याउलीका बाबुराम श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, रत्ना गुरुङ, सृष्टि गुरुङ, फडिन्द्र गुरुङ लगायत सामान्य घाइतेलाई गाडीमा धरानतर्फ लगिएको श्रेष्ठले बताए । सामान्य घाइते चालक गणेश भण्डारीलाई जरायोटारस्थित प्रहरी चौकीमा राखिएको छ । बस ६० जना यात्रु थिए । Ekantipur
ADDDDDDDDD

