एक मिनेटमै पाउनुस् ! तपाइँले पठाएको फ्रेण्ड रिक्वेस्ट कसले अस्विकार गर्यो ?
ADDDDDDDDDDDDDDDDDDDDDD

तपाइँले फेसबुकमा धेरै जनालाई फ्रेण्ड रिक्वेस्ट पठाउनुभएको होला । फ्रेण्ड रिक्वेस्ट पठाएका मध्ये धेरैजना साथी बनिसकेका होलान् तर कोही भने रिक्वेस्ट पठाएको लामो समय भैसक्दा पनि अझै साथी बन्न बाँकी होलान् ।तपाइँले पठाएको फ्रेण्ड रिक्वेस्ट कुन कुन व्यक्तिले स्विकारेका छैनन्, के तपाइँलाई जानकारी छ ? हो, हामीले धेरै मानिसलाई फेसबुक साथी बनाउनका लागि अनुरोध पठाएका हुनसक्छौँ र को चाहीँले एक्सेप्ट गरेको छैन भन्ने कुरा बिर्सिन्छौँ । कसैले तपाइँको रिक्वेस्ट अस्विकार गर्यो वा लामो समयसम्म पनि स्विकार गरेन भन्ने कुराको जानकारी फेसबुकले आफै नदिने भएकाले यस्तो समस्या हुन्छ । तर यदि अलिकति दिमाग चलाउने हो भने तपाइँले यो कुरा पत्ता लगाउन सक्नुहुन्छ । कसले तपाइँको फ्रेण्ड रिक्वेस्ट नजरअन्दाज गर्यो र कसले तपाइँको अनुरोधलाई अस्विकार गर्यो वा हटाइदियो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । सबैभन्दा पहिले ब्राउजरमा गएर आफ्नो फेसबुक अकाउण्ट लगइन गर्नुहोस् । प्रोफाइल खोल्नुहोस् र त्यहाँ रहेको फ्रेण्डस् भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाइँले आफ्नो फेसबुकको फ्रेण्ड लिस्ट देख्न सक्नुहुन्छ । त्यहाँ माथि तपाइँले Friend Request नामक ट्याब देख्न सक्नुहुन्छ । सोही ट्याबमा क्लिक गर्नुहोस् । Friend Request ट्याबमा क्लिक गर्ने बित्तिकै नयाँ पेज खुल्नेछ । त्यसमा तपाइँलाई कस कसले फ्रेण्ड रिक्वेस्ट पठाएका छन् भन्ने सूचि आउनेछ । त्यहाँ नै तपाइँले View Sent Request नामक अप्सन पनि देख्नुहुनेछ । सोही अप्सनमा क्लिक गर्नुहोस् । क्लिक गर्नासाथ तपाइँले आफुले फ्रेण्ड रिक्वेस्ट पठाएका तर अहिलेसम्म एक्सेप्ट नगरेका वा तपाइँको रिक्वेस्ट इगनोर पनि गरि नसकेका मानिसहरुको प्रोफाइल देख्नुहुनेछ । तपाइँले पठाएकोफ्रेण्ड रिक्वेस्ट कसैले रिजेक्ट अर्थात् अस्विकार गरेको पनि हुनसक्छ । यो पनि पत्ता लगाउन सकिन्छ । यदि तपाइँले फ्रेण्ड रिक्वेस्ट पठाएको मानिसको नाम यदि तपाइँको फ्रेण्ड लिस्टमा पनि छैन र Friend Request Sents नामक सूचिमा पनि छैन भने बुझ्नुहोस् उसले तपाइँको साथी बन्न गरेको अनुरोधलाई अस्विकार गरेको छ, अर्थात् तपाइँलाई हटाइदिएको छ । तपाइँलाई यसरी हटाएको मानिसको प्रोफाइलमा जानुभयो भने Following लेखेको देख्नुहुनेछ र तपाइँले उसलाई पुनः फ्रेण्ड रिक्वेस्ट पठाउन सक्नुहुन्न । तथापि त्यस व्यक्तिले गरेका पब्लिक पोष्ट तथा तस्वीरहरु भने देख्न पाउनुहुन्छ । यदि तपाइँलाई आफ्नो रिक्वेस्ट लामो समयसम्म पनि स्विकार नगर्ने अर्थात् नाजवाफ भइरहने मानिससँग किन अनुरोध तेर्साइरहुँ भन्ने लाग्छ र कसैलाई पठाएको फ्रेण्ड रिक्वेस्ट रद्द गर्न चाहनुहुन्छ भने पनि सक्नुहुन्छ । तपाइँले रिक्वेस्ट पठाएको व्यक्तिको प्रोफाइलसँगै रहेको Friend Request नामक ट्याबमा क्लिक गर्नुहोस् । यसमा एउटा ड्रपडाउन मेनु खुल्नेछ त्यसको सबैभन्दा तल Cancel Request नामक अप्सन हुनेछ । सोही अप्सनमा क्लिक गरेसँगै तपाइँले कसैलाई पठाएको फ्रेण्ड रिक्वेस्ट फिर्ता गर्न सक्नुहुन्छ ।


ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस