त्रिशुली किनारमा गल्ती गर्ने मुडमा आयुश्मान–पारामिता
ADDDDDDDDDDDDDDDDDDDDDD
‘पशुपतिप्रसाद’ फेम निर्देशक दिपेन्द्र के खनाल यतिबेला जोडतोडले ‘चप
ली हाइट २’ को निर्देशनमा लागिरहेका छन् । ‘पशुपतिप्रसाद’ खगेन्द्र लामिछानेलाई लिएर गाउँले एक युवकको बाबुआमाप्रति उठाएको जिम्मेवारीलाई कथानक रुप दिएका दिपेन्द्रले यसपटक सहरिया युवाको प्रेमकथालाई फिल्ममा उनेका छन् । बुधबार उनी फिल्मका मुख्य जोडी आयुष्मान देशराज र पारामिता रानालाई रोमान्टिक गीतमा फिचरिंग गरिरहेका थिए ।
धादिंगस्थित त्रिशुली नदीमा देशराज को–स्टार पारामितालाई भन्दै थिए, ‘गल्ती गरौं न...।’ शान बस्न्यातको पटकथा रहेको फिल्ममा पारामिताको प्रेममा चुर्लुम्म डुबेका देशराजको ड्रिम्स सिक्वेन्समा उक्त गीतले फिल्ममा स्थान पाउनेछ । ‘इन्टिमेसी बढी झल्कने गीत हो’ संगीतकारसमेत रहेका निर्माता अर्जूनकुमारले गीतको भावार्थ खुलाउने क्रममा भने, ‘प्रेमीले प्रेमिकालाई मन पराएर पछ्याउने क्रममा उसमा आएको सोच हो ।’ २९ औं दिनको सुटिंगका क्रममा सोमबार दिपेन्द्र चंगा महसुस गरिरहेका थिए । ‘कलाकारबाट सोचेभन्दा राम्रो काम पाईरहेको छु’ खासगरी आयुष्मानको कामबाट प्रभावित देखिएका दिपेन्द्रले कान्तिपुरसँग भने, ‘उसको मिहिनेत र लगाव हेर्दा फिल्म उद्योगले एउटा राम्रो कलाकार पाउँछ भन्ने आशा गरेको छु ।’ मोडलिंगबाट करिअर थालेका आयुष्मान सांगीतिक क्षेत्रमा पनि सक्रिय छन् । यसअघि विनिता बराल, राज घिमिरेलाई लिएर ‘चपली हाइट’ बनाएका दिपेन्द्रले यसपटक सिक्वेलमा भने मुख्य भुमिकामा आयुष्मान, पारामिता र मरिस्का पोखरेल सबै नयाँ कलाकार लिएका हुन् ।
सुरेश राईको रचना रहेको ‘गल्ती गरौं न...’ ले न्यानोपन खोजेको अथ्र्याउँदै निर्देशकले सोही कन्सेप्टमा खिचिएको बताए । ‘गीत वार्म टाइपको भएकोले त्यस्तै प्रकाश संयोजनमा खिचेका छौं । वार्म बल्बको लाइटमा पानीको रिफ्लेक्सन र ढुंगाको चमकलाई पात्रको मुड अनुसार तालमेल मिलाउन खोजेका हौं’ प्राय: रोमान्टिक गीतलाई दिउँसो खिच्ने प्रचलन विपरित दिपेन्द्रले राती फिल्मांकन गरेका हुन् । उनले दृश्य बनावटी नलागोस् भन्नेमा आफुहरु सजग रहेको प्रतिक्रिया दिए । निर्देशककै कन्सेप्टमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
ADDDDDDDDD

