सयौं कालदेखि रहस्यमयी तरिकाले पहाडमा अडिएको छ यो विशाल ढुंगा ।।।
ADDDDDDDDDDDDDDDDDDDDDD

एजेन्सी । दुनियाँ अनौठा अनौठा बस्तुले भरिएको छ । यहाँ यस्ता कैयौ रोचक ठाउँ देखिन्छ जसलाई पत्याउनै गाह्रो पर्छ । यस्तै एउटा ठाउँ देखिएको म्यानमारमा ।

यहाँको पहाडको माथि २५ फिट लामो एउटा ढुंगा विना कुनै सहारा टेकिएको छ अर्थात अडिएको छ । यो ढुंगा पहाडको एकतर्फी रुपमा अडिएको छ । भनिन्छ सदियौ कालदेखि यो ढुंगा यसैगरी अडिएको छ ।

समाचार अनुसार सुनजस्तो रंगमा देखिने यो ढुंगालाई लिएर मानिसहरुमा एकदमै आस्था रहेको छ । यसको पूजा गर्नका लागि भक्तजनहरुको भीड लाग्छ । यो बर्माका बुद्धिस्टहरुको प्रमुख तिर्थ स्थल पनि हो ।

यसलाई लिएर यस्तो मान्यता पनि छ कि यदि वर्षमा तीन पटक यो पवित्र स्थलको दशर्न गर्यो भने घरमा धन र खुसीको कमी हुनेछैन् । यद्यपी यो ढुंगा यसरी सदियौदेखि अडिनुको रहस्य खुलेको छैन् ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस