कमजोर स्मरण शक्तिको आयुर्वेदिक उपचार कसरी गर्ने थाहा पाई राखौ
ADDDDDDDDDDDDDDDDDDDDDD
मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका खेल्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी गम्भीर समस्या बनेको छ ।
औषत सम्पूर्ण मानिसको स्मरणशक्ति एकैनास हुन्छ । तर पनि कारणवश स्मरणशक्ति कम हुने समस्या बन्ने गर्दछ । स्मरणशक्तिलाई छोटो स्मरण तथा लामो स्मरण गरी दुई भागमा विभाजन
गर्न सकिन्छ । छोटो स्मरणशक्ति कम अवधिमै स्मृतिबाट हट्छ भने लामो स्मरणशक्ति चिरकालसम्म मानसपटलमा सुरक्षित रहन्छ ।
कारण
कुनै कुराको रुचीको अभाव, समायोजित ढंगले काम नगर्नु, काममा असन्तुष्टी, काममा पूर्ण इच्छा नहुनुु, बारम्बार चिन्तित हुनु, नशालु पदार्थ सेवन, शारीरिक एवं मानसिक रोग, उमेरका कारण, मस्तिष्कको हर्मोन घट्नु, धेरै मैथुन गर्नु, पौष्टिक पदार्थको कमी, जन्मजात विकृती, टाउकोमा आघात, शारीरिक एवं मानसिक थकान एवं वोझ, अनिद्रा, ज्यादा चिन्ता, क्रोध, रजोनिवृति आदि ।
लक्षण
लामो समयसम्म स्मरण गर्न असमर्थ, पढेलेखेको अथवा देखेको चिज या वस्तु सम्झन नसक्नु । मानसिक थकान, अरुची, आलस्य, कमजोरी, निराश, बेचैनी डर एवं चिन्ता हुनु ।
विभिन्न घरेलु उपचार
अमला भिटामिन सी को राम्रो श्रोत हो र स्मरणशक्तिका लागि पनि उपयोगी छ । ताजा अमला, सर्बत, मुरब्बा सुकाएर पनि सेवन गर्न सकिन्छ । दैनिक ५¬–१० वटा बदाम १ गिलास दूधमा डुबाएर राख्ने र नित्य सेवन गर्ने । आधा चम्चा जिरा र मह समभाग दैनिक सेवन गर्ने । फोस्फोरस तत्व स्मरणको लागि उत्तम मानिन्छ त्यसैले स्याउ, अङ्गुर, सुन्तला, आँप, लिची, जामुन, स्ट्रवेरी, नरिवल, गाँजर जस्ता फलफूल ज्यादा सेवन गर्ने । दैनिक रुपमा शिरमा तेलको प्रयोग गर्ने र सम्भव भए हल्का मालिस गर्ने । तेलमा ब्राम्ही तेल, शंखपुष्पि, क्षीरवला अथवा तोरीको तेल, तिलको तेल पनि प्रयोग गर्न सकिन्छ ।
के खाने ?
पौष्टिक, सूपाच्य, शाकाहारी सन्तुलित भोजन समयमा सेवन गर्ने । आयुर्वेद शास्त्र अनुसार शाकाहारी, सात्विक भोजन स्मरणका लागि राम्रो मानिन्छ । ताजा सागसब्जी, फलफूल, माछा–मासु, दूध, अण्डा जस्ता पौष्टिक पदार्थ सेवन गर्ने । फलमा स्याउ, सुन्तला, अनार, गाँजर, जामुन जस्ता फलफूल ज्यादा सेवन गर्ने । बिहान–बेलुका अमलाको सर्बत एवं मुरब्बा खाने र खानापछि तिल र सख्खरको लड्डु खाने । मख्खन, मिश्री र मरिच मिलाएर सेवन गर्ने । एक गिलास दूध नियमित सुत्नु अघि पिउने ।
के नखाने ?
भारी, भुटेको, तारेको, ज्यादा अमिलो पिरो, मसालादार नखाने । चिया, कफी, रक्सी, नखाने ।
ADDDDDDDDD

