प्रधानमन्त्रीद्वारा सभामुखको स्वास्थ्यलाभको कामना
ADDDDDDDDDDDDDDDDDDDDDD
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
ललितपुरको सुमेरु अस्पतालमा उपचार गराइरहेकी घर्तीलाई आइतबार अस्पतालमा भेटेर प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गरेका हुन् । झाडापखाला र वान्ता भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीले अस्पताल व्यवस्थापनालाई सभामुखको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
ADDDDDDDDD

