विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल पाँचौ स्थानमा (अंक तालिका सहित)
ADDDDDDDDDDDDDDDDDDDDDD


पारस खड्का र शरद भेषवाकरको उत्कृष्ट प्रदर्शनसँगै नेपाल नामिविया ३ विकेटले हराउँदै अंक तालिकामा शीर्ष पाँचमा उक्लिएको छ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको हो। योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै कायम राखेको छ।
नेपालले यसअघिका चारै खेलमा पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा पाएको विजयपछि नेपालले युएई, नामिबिया र पिएनजीलाई उछिन्दै आठ राष्ट्र सहभागी अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ । २०१७ को मध्यसम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोली २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटमा पुग्नेछन्।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस