भारत अमेरिकासँग मिलेपछि चीनले देखायो डरलाग्दा हतियार ।
ADDDDDDDDDDDDDDDDDDDDDD

दक्षिणी चीन सागरमा अमेरिका र भारतले संयुक्त गस्ती गर्ने घोषणा गरेलगत्तै चीन आक्रामक बनेको छ ।

पछिल्लो समय उक्त सागरका टापुहरु धमाधम आफ्नो नियन्त्रणमा लिएर चीनले आफ्नो प्रभाव बढाइरहेको छ भने त्यहाँ हवाई अड्डा र आफ्ना सैनिक खटाइरहेको छ ।

चीनको यो कदमबाट चिन्तित भारतले केही दिनअघि मात्र अमेरिकासँग हात मिलाएको थियो । दुबै मिलेर अब चीनलाई उक्त सागरमा अगाडि बढ्न नदिने भन्दै संयुक्त गस्ती गर्ने सम्झौता पनि गरेका थिए ।

शुक्रबार मात्रै अमेरिकी रक्षासचिव ऐश कार्टरले दक्षिणी चीन सागरमा हतियारसहितको विमानबाट यात्रा गरेर आफ्ना सेनालाई त्यहाँ उतारेका थिए ।

यसरी भारतसँग मिलेर अमेरिकाले आफ्ना सागरमा सेना नै उतारेपछि चिनियाँ सेनाले नयाँ हतियार सार्वजनिक गरेको छ । त्यहाँको सैनिक म्यागजिनले चीनले हालै निर्माण गरेका डरलाग्दा हतियारहरुका तस्वीर सार्बजनिक गरेको हो ।

चीनले धमाधम सागर आफ्नो बनाउन थालेपछि भारतसहित अमेरिका, जापान, फिलिपिन्स चिन्ता जनाउँदै आएका छन् ।

हेर्नुस् चीनले सार्वजनिक गरेका अत्याधुनिक हतियारहरुः





यो पनि पढ्नुहोस्
चीनको सामना गर्न दक्षिणी चीन सागरमा उत्रियो अमेरिकी सेना
आफूविरुद्ध लड्न भारत र अमेरिका एक भएपछि चीन सतर्क
चीनसँग लड्न भारत र अमेरिका सहमत
भारतलाई पछार्न चीनको ठूलो रणनीति
चीनले रोक्यो भारतको प्रस्ताव, अमेरिकामा मोदीलाई लाग्यो कडा झट्का


ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस