निर्वाचनविरुद्ध सिंहदरबारभित्र प्रदर्शन गर्ने १० कर्मचारी पक्राउ
ADDDDDDDDDDDDDDDDDDDDDD

वैशाख १० गतेका लागि तोकिएको निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्न माग गर्दै सिंहदरबारभित्र आन्दोलनमा उत्रिएका १० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य प्रशासन मन्त्रालय बाहिरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले निर्वाचन कार्यालयको झ्याल र प्रहरीको गाडीको सिसा तोडफोड गरेको भन्दै पक्राउ गरिएको हो ।

प्रहरीको लाठीचार्जबाट अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन् । उनले आफूलाई चार जना प्रहरीले घेरेर कुटेको बताएका छन् ।



ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस