योनीबाट सेतो पानी किन बग्छ ?
ADDDDDDDDDDDDDDDDDDDDDD
डा. विष्णु चापागाईं
अधिकांश महिलाहरुको योनीबाट सेतो, पहेंलो, हरियो, रगत मिसिएको आदि इत्यादि प्रकारको चिप्लो पदार्थ बग्ने समस्या हुन्छ । यो सामान्य पनि हुनसक्छ वा प्रजनन अङ्गमा कुनै किसिमको संक्रमणको संकेत हुन सक्छ । यो पानी जस्तो पदार्थ सन्तान उत्पादन गर्ने अङ्गहरु ओभरी, फलोपिवन ट्युव, भेजिना तथा क्यरभिक्सबाट पनि हुनसक्छ । सामान्य किसिमबाट बग्ने पदार्थ गन्ध नआउने पातलो हुन्छ । गर्भवति भएको बेलामा बग्ने सेतो पानी सामान्य हुन्छ ।
असामान्य खाले पानी पहेँलो, हरियो वा गन्ध आउने खालको हुन्छ । यसमा कुनै किसिमको हानीकारक जिवाणु वा सूक्ष्मजीव हुन सक्छ । यस मध्ये यौनसम्र्पकबाट सर्ने रोगहरु, भाइरस तथा ब्याक्टेरियल रोगहरु, भिरिङ्गी जस्ता कारणहरु मुख्य हुन्छन् । पाठेघरको मुखमा संक्रमण हुनुका साथै मस्क्युस ग्लान्ड संक्रमण हुँदा धेरै जसो सेतो पानी सहित विभिन्न रङ्गमा देखिन सक्छ । यिनै पनि संक्रमण हुन् सक्छ । योनीमा संक्रमण भएमा योनी धेरै चिलाउने मैलो र गन्हाएको पानी बग्ने हुन्छ । योनी धेरै जसो फंगसबाट संक्रमण हुन्छ । प्रोटोजोन भन्ने परजिवीबाट पनि संक्रमण हुन्छ । यस्ता किसिमका संक्रमणले योनीमा अत्यन्त बेचैनी ल्याउछ ।
सबै किसिमका महिलाहरुमा यो समस्या हुन्छ । सेतो पानी बग्नुलाई सामान्य भाषामा सेतोपानी बग्ने भनेपनि यो योनीबाट बग्नृे हुनाले प्रायः सामान्य रुपमा लिइन्छ । महिला जनेन्द्रीय धेरै संक्रमण हुने सम्भावना पनि हुन्छ । कारण महिलाहरु योनीको भागलाई अत्यन्त होशियार किसिमले ढाकिएको हुन्छ र यहाँ धेरै पसिना पनि आउ“छ । समयमा सफा हुन पाउ“दैन र संक्रमण तथा सुनिने सम्भावना पनि बढी हुन्छ । महिलाहरु यस्ता समस्या छिटो भन्दैनन् र समयमा उपचार पनि पाउदैनन् । अझै गन्हाउने समस्या भएमा त झन् अरुको नजिक जान पनि डराउने वा लाज मान्ने गर्दछन् । यस्ता कारणले ल्युक्रोहोइया उपचारमा समेत अप्ठा्रो हुन्छ ।
महिलाहरुले यो समस्याको लागि चिकित्सकलाई परीक्षण पनि गराउनु पर्दछ भने केही आफैं उपचारमा पनि लाग्नुपर्दछ । फलफूलमा केरा, स्याउ, आप त्यस्तै हरियो सागपात खाने, प्रशस्त पानी पिउने, कागती पानीले योनी वरिपरी सफा गर्ने तर गर्भवति महिलाहरुले आफूखुशी धेरै कुराहरु खानु हुँदैन ।
सेतो पानी बढी भएमा निम्न असरहरु देखिन्छ ।
कमजोरी हुने, अल्छि लाग्नु, सेतो पदार्थ योनी वरीपरि देखिनु, ढाड तथा पेटको तल्लो भागमा दुख्ने, गल्ने, कब्जियत हुने, टाउको दुख्ने, योनी चिलाउने, सुनिने तथा बेचैनी हुने, आँखाको तलपट्टि कालो हुने, च्याउरी पर्ने, अपच हुने, कालो हुने, अपच हुने, भोक नलाग्ने, पेट फुल्ने, नराम्रो गन्ध आउने ।
तपाइसँग पनि यस्तो कुनै स्वास्थ्य जिज्ञासा छ भने हामीलाई healthnewspaper@gmail.com मा इमेल गर्नुहोस् । सम्बन्धित चिकित्सकको जवाफ सहित प्रकाशित गरिने छ ।
ADDDDDDDDD

