मकै बारीमा र अन्य येस्ता ठाउमा किन हुन्छा एस्तो काम!! धोका दिनु को राज
ADDDDDDDDDDDDDDDDDDDDDD
यद्यपि अर्को सम्बन्ध भैसकेपछि फेरि त्यस्तै असन्तुष्टि हुन सक्ने र धोका हुन सक्ने नहुन सक्छ । एकपटक सम्बन्ध टुट्दैमा फेरि भविष्यको सम्बन्ध पनि त्यस्तै हुन्छ भन्न सकिँदैन । वास्तवमा धोका भन्ने कुरा व्यक्तित्वअनुसार फरक पर्न सक्छ । जस्तै यदि कुनै व्यक्ति स्वअनुशासित छ, अरूको भावना बुझ्न सक्छ र सचेत हुन्छ उसले धोका दिने कम सम्भावना हुन्छ । त्यस्तै जो यसको ठीक विपरीत छ उसले धोका दिने सम्भावना बढी हुन्छ । अर्को अध्ययनअनुसार कतिपय व्यक्ति तनाव र चिन्ताबाट टाढा रहन पनि अर्को व्यक्तिसँग सम्बन्ध बढाउँछन् ।
अब तपाईंको सन्दर्भको चर्चा गरौं । हुनत तपाईंले भनेअनुसार एकपटक धोका दिनेले अर्को पटक पनि धोका दिन सक्छ, तर यो सधैं सत्य नहुने भएकाले आफ्नो श्रीमान् यदि तपाईंलाई साँच्नै मन परेको हो भने उहाँसँग सम्बन्ध बढाउन विश्वासको वातावरण सिर्जना गर्नु आवश्यकता हुन्छ । जस्तो कि माया तथा यौनका लागि वातावरण र परिवेश आवश्यक पर्छ । यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ । आपसमा माया र भावना साटासाट गर्ने अवसरहरू उपलब्ध हुनुपर्छ । डर र शंकाका कारण सन्तानको इच्छा नराख्ने हो भने यस्तो सोचले पछि अझ ठूलो समस्या निम्त्याउन सक्छ । अझ भन्नुपर्दा तपाईंको प्रजनन क्षमता पनि उमेर बित्दै जाने क्रममा कम हुँदै जान्छ । पछि सन्तानको इच्छा राख्दा पनि नहुन सक्ने सम्भावना हुन्छ । त्यसैले हरेक समस्याको समाधान समयमै गरेर आफ्नो भविष्यको योजनालाई अघि बढाउनुहोस्, तपाईंहरूमा भएको शंकाको समस्या पनि समाधान हँुदै जान्छ ।
ADDDDDDDDD

